समाचार

कान्तिलोकपथ सडक छेउ मापदण्ड बिपरित घर टहरा निर्माण

ललितपुर ,०१३ सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले शिलान्यास (ट्रयाक खन्दै) गरेको ललितपुर र हेटौँडा जोड्ने छोटो सडकमार्ग कान्तिलोकपथ अझै पूरा भएको छैन । सरकारले प्राथमिकता नदिँदा र ठेकेदार कम्पनीको ढिलासुस्तीले यो सडक निर्माण ६६ वर्षदेखि निर्माणाधीन अवस्थामै रहेको हो ।

कान्तिलोकपथ सडक अन्तर्गत पर्ने ललितपुर खण्ड करिब सम्पन्न भैसकेको छ।कार्किबास नजिक रहेको चुरे र चौतारा भिरको स्थरउन्नती हुन बाकी रहेको छ।कान्तिलोकपथ सड्क आयोजनाको स्ट्मेट अनुसार १५-१७ मिटर चौडाइ हुनु पर्ने मा अधिकंस क्षेत्रमा भौगोलिक कारण ले केही मापदण्ड अनुसार नरहे पनि जोखिम युक्त ठाउँमा कामै सुरु नभएको हुदा तत्काल सम्पन्न भैहाल्ने छाटकाट देखिदैन।

ललितपुर खण्डमा पर्ने अधिकांस ठाउँ हरुमा रोड अधिक्रमण गरेर घर टहरा निर्माण गर्नेको होडबाजी चलेको छ।रास्ट्रीय गौरवको योजनामा रहेको कान्तिलोकपथको सडक छेउ छाउ बनेको पक्की घरहरुलेनै योजना माथी चुनौती थपिदिएको स्पस्ट देख्न सकिन्छ।राजमार्गको मापदण्ड बिपरित बनेको घर हरुको कारणले पनि आयोजना निर्माणकार्यलाई प्रभावित भएको जानकार हरु बताउछन।

ललितपुर खण्डमा पार्ने कान्तिलोकपथ छेउ व्यावसायिक प्रायोजनका लागि बनाइएको घर तथा टहरा हरु मात्र नभई पर्या पर्यटनको अवधारणा देखाउदै सामुदायिक बन भित्र अबैधानिक रुपमामा पनि जंगल फडानी भएको एदा कदा देख्न सकिन्छ।पर्यटन सम्भावित क्षेत्र एकातिर जंगल अधिक्रमण अर्कातिर हुदा सुनुयोजित ढंग बाट कार्य संचालन भएको अँकलन गर्न सकिन्छ।

एसरी मापदण्ड बिपरित बनाइएका भौतिक संरचनाहरु एकाद स्थानिय निकायमा दर्ता भएका छन भने अधिकंस बिना दर्ता संचालन भैरहेको छ।कतिपय अवस्थामा स्थानिय निकायबाट निर्माण अनुमती प्राप्त गरेर निर्माण भएका भौतिक संरचनाहरु सडक मापदण्ड बिपरित भएको हुदा भवन पास हुन नसकेको योजनाका एक कर्मचारी बताउछन् ।

हामिले सडक छेउ छाउ घर नबनाउन अनुरोध सहित लिखित चिट्ठी संबन्धित पालिकामा पुर्याएका छौ,तर त्यसको सुनुवाइ भएको छैन, कान्तिलोकपथका डि ई सुरेस न्यौपाने बताउछन् ।न्यौपाने अगाडि भन्छन हाम्रो रास्ट्रीय राजमार्ग हो एसको चैडाइ १७ मि रहन्छ त्यसको वरपर घर टहरा बन्नु मापदण्ड बिपरित हो हामी कुनै पनि बेला भत्काउन सक्छौ।

कान्तिलोकपथ सडक छेउ छाउ सामुदायिक बन फडानी गरेर कुनै पनि रेस्टुरेन्ट बनाउन हामिले अनुमती दिएको छैन। पर्या पर्यटन प्रबर्द्धन गर्नको लागि केही सिमित पर्यटकीय क्षेरलाइ बाहेक अन्य कुनै पनि आधिकारिक अनुमती नदिएकोले त्यस्तो भेटियो भने एन नियम अनुसार कार्वाही गर्छौ डिभिजन वन कार्यालय ललितपुरका प्रमुख राम कुमार भण्डारि बताउछन् ।भण्डारि अगाडि भन्छन सडक छेउ छाउ पर्ने सामुदायिक बन भित्र परेको सडक निर्माणका क्रममा मापदण्ड बिपरित कुनै संरचना खडा गरिए त्यो आयोजनाको जिम्मेवारी भित्र पर्ने स्पस्ट पार्नु भयो।

मापदण्ड बिपरित कार्यसंचालन नगर्न नगराउन पालिका अध्यक्ष संग मौखिक सहमती भए होलान तर आधिकारिक रुपमा कान्तिलोकपथ सडक आयोजनाले लिखित पत्र पठाए जस्तो मलाइ लाग्दैन सुचना अधिकारी मिलन शर्मा बताउछन्।

पर्या पर्यटनको लागि खाली रहेको सामुदायिक बन हरुलाइ सदुपयोग गरेर आम्दानी गर्नु नराम्रो कुरा होइन।सडक मापदण्ड भित्र नपर्ने गरि व्यावसायिक होटल रेस्टुरेन्ट संचालन गर्नु स्थानिय युवा हरुलाइ रोजगारीको साथै स्थानीय सरकाराको आम्दामीकै श्रोत पनि बन्न सक्छ।तर कसैले आफ्नो निकट ब्यक्ती हरुलाइ खुसी पार्नकै लागि मौखिक वा लिखित आदेश दिएकै भरमा मापदण्ड बिपरित संरचना निर्माण हुनु यो चै गलत नै हो।

एसरी बिना दर्ता बिना मापदण्ड संचालन गरिएका कार्यहरुले क्षणिक लाभ त होला तर सडक दुर्घटना जस्ता दीर्घकालीन रुपमा देखिने असर हरुलाइ पन्छाउन भने सकिन्न।एसो हुदा संबंधित निकाएले अनाधिकृत रुपमा संचालन भएका संरचना हरुलाइ करको दायरा भित्र ल्याइ मापदण्ड भित्र काम गर्नु गराउनु उपयुक्त देखिन्छ।

Related Articles

Check Also
Close
Back to top button