समाचार

त्रिवि र नेपाल दुरसञ्चार प्राधिकरण बिच समझदारी पत्रमा हस्ताक्षर

ललितपुर ,त्रिभुवन विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरण बिच ग्रामीण दुरसञ्चार विकास कोष प्रयोग गरी त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा ब्रोडव्याण्ड इन्टरनेट पुराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले त्रिभुवन विश्वविद्यालयका ५ सय २५ क्याम्पसहरुमा ब्रोडव्याण्ड इन्टरनेट जडान गरिदिने भएको छ । समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा. पेशल दाहाल र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्रा डा . सुवर्ण शाक्य, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका विज्ञ रोमकान्त पाण्डे, नेपाल पव्लिक संघको अध्यक्ष शिवराज सञ्जेल, त्रिवि रजिष्ट्रार कार्यालय प्रमुख नविन्द्र प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button