अर्थतन्त्र

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कति दिने भयो बोनस

ललितपुर ,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७०/०८०को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११.० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १०.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।असोज २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Related Articles

Back to top button