राजनीतिसमाचार

गगन थापाले कार्यकर्ताहरूलाई आत्मनिन्दा नगर्न आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यकर्ताहरूलाई आत्मनिन्दा नगर्न आग्रह गरेका छन्।

कांग्रेस सकियो, देश बरबाद भयो भन्दै आत्मनिन्दा नगर्न उनले आग्रह गरेका हुन्।’कांग्रेस सकियो, देश बरबाद भयो, डुब्यो, सकियो भन्ने होइन,’ पर्वत कांग्रेस प्रदेश सभा क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘केही पनि भएको छैन हामी छौं, हामी सम्हाल्छौं। सरकारमा हामी छौं, जिम्मेवारी हामीले लिएका छौं। संविधान बनाएका छौं।’अर्थतन्त्र केही बिग्रेको भए पनि पछिल्ला दिनमा सम्हालिन थालेको थापाले बताए।अहिलेका सभापति शेरबहादुर देउवालाई मात्र दोषको भारी बोकाएर समस्या समाधान नहुने उनले बताए।

पुस १६ देखि माघ १६ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गरिने उनले बताए।

Related Articles

Back to top button