अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानमा आज आम निर्वाचन हुँदै

पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ ।

बढ्दो महँगीले आर्थिक संकट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार देशभर ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । चुनावमा एक सय ६७ राजनीतिक दल र स्वतन्त्र गरी पाँच हजार एक सय २१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

 

Related Articles

Back to top button