राजनीतिसमाचार

जनताका पक्षमा काम गर्न नेता सिंहको जोड

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए ।राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् ।

निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन”, नेता सिंहले भने, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् ।” नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उनको भनाइ थियो ।

कांग्रेसलाई बलियो बनाउन विधान अनुसार पार्टी चल्नुपर्ने भन्दै सङ्गठन पनि सोहीअनुसार विस्तार गर्नुपर्नेमा नेता सिंहले जोड दिए ।

Related Articles

Back to top button