अन्यसमाचार

५३ तोला चाँदीका गरगहनासहित दुई जना पक्राउ

प्रहरीले बाराबाट ५३ तोला चाँदीका गहनासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने गुजराज विक र इटहरी नगरपालिका–३ बस्ने बद्री विक रहेका छन्।दुवै जनालाई जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बा.प्र. ०२–०२७ प १८५१ नम्बरको स्कुटीमा वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेका दुवै जनाको साथबाट फर्जी विल भएको ५३ तोला चाँदीका गरहगहना बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।

Related Articles

Back to top button