खेलकुदसमाचार

बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ थालेको छ । नेपालको तर्फबाट विकेटकिपर विपिन रावल र अर्जुन कुमालले ब्याटिङ सुरुवात गरेका छन् । नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा छानिएका हुन् ।

नेपालले भने समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराएको थियो ।

Related Articles

Back to top button