खेलकुदसमाचार

विश्वकप खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार नेपाल फर्किएको हो । नेपाली टिमलाई नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए ।विश्वकपमा नेपाली यू-१९ टिमले सुपर सिक्ससम्मको यात्रा तय गरेको थियो । सुपर सिक्समा भने नेपालले बंगलादेश र भारतसँग पराजय भोगेको थियो ।

त्यसअघि समूह चरणमा नेपालले न्यूजिल्यान्ड र पाकिस्तानसँग पराजित हुँदा अफगानिस्तानलाई हराएर सुपर सिक्समा पुगेको थियो ।समग्रमा नेपालले ११ औँ स्थानमा रहेर विश्वकपको यात्रा टुंग्याएको थियो ।

Related Articles

Back to top button